काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाको खुुद नाफा बढेको छ। 

संस्था आज सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिमा संस्थाले खुद नाफा १०.५४ प्रतिशतले बढेर १० करोड ८५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ९ करोड ८० लाख रुपैयाँमात्रै नाफा कमाएको थियो।

यो अवधिसम्म आउँदा महुली लघुवित्तले २ अर्ब २५ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। संस्थाले अघिल्लो वर्षको यसै अवधिमा भने १ अर्ब ५५ करोड रुपैयाा सापटी लिएर ३ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाको सञ्चालन मुनाफा र खुद व्याज आम्दानी पनि बढेको छ। अघिल्लो वर्षको यसै अवधिमा १ करोड ३७ लाख रुपैयाँ सञ्चालन मुुनाफा रहेकोमा समीक्षा अवधिमा बढेर १ करोड ७२ लाख रुपैयाँ पुगेको छ। 

यस्तै खुद ब्याज आम्दानीमा पनि बढेर २ करोड ४ लाख रुपैयाँ भएको छ। अघिल्लो आर्थिक वर्ष यही अवधिमा खुद ब्याज आम्दानी २ करोड ३७ लाख रुपैयाँ थियो।

यो अवधिमा खराब कर्जा (एनपीएल) घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा एनपीएल २.०९% रहेको समीक्षा अवधि घटे १.५०% मा झरेको छ। 

यस्तै संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३८.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३०.०१ गुणा र प्रतिसेयर नेटवर्थ २०३.५८ रुपैयाँ रहेको छ।