काठमाण्डौ । एनएमबि बैंकले आफ्नो महोत्तरी शाखामा आज भएको लुटपाटको घटनामा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
एनएमबि बैंकले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो। ‘नेपाल–भारत सिमानानजिक रहेको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखा कार्यालयमा आज करिब मध्याह्न १२ः२५ बजे ३–४ जनाको समूहमा रहेका अपरिचित बन्धुकधारीहरु प्रवेश गरी नगद लुटिएको छ’, विज्ञप्तिमा भनिउको छ, ‘उक्त घटनामा संलग्न व्यक्तिहरुलाई आवश्यक कानुनी कारबाही गर्नका लागि सम्बन्धित निकायमा अनुरोध भइसकेको छ।’
उक्त घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भइरहेको बैंकले जनाएको छ। ‘उक्त घटनामा कसैलाई पनि कुनै गम्भीर चोटपटक नलागेको ब्यहोरा अवगत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानपश्चात प्राप्त हुने थप विवरणको जानकारीपछि गराइनेछ।’
9 hours ago
20 hours ago
20 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago