काठमाण्डौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टसबीचमा नेपाली कथानक चलचित्र ‘महापुरुष’का लागि आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धताका साथ आज सम्झैतापत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एन्ड मार्केटिङका भाइस प्रेसिडेन्ट केपी रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डीजीएम मार्केटिङका केशव अर्याल उपस्थिति थियो भने षट्कोण आर्टसका तर्फबाट निर्देशक प्रदीप भट्टराई, निर्माता रवीद्रसिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्रीलगायत अन्य कलाकारहरुको उपस्थिति थियो। 

उक्त चलचित्र आगामी कात्तिक ११ मा  रिलिज हुन गइरहेको छ र मुख्य कलाकारका रुपमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ललगायत छन्। चलचित्रको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन्। 

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्ने क्रम बढ्दै गएको छ। अतः सोही क्रमको निरन्तरतास्वरुप एक आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारीलगायतका फिल्महरुमा समेत सहकार्य गरेको थियो। जसबाट दुवै पक्षलाई एक–आपसको प्रवर्द्धनमा थप टेवा पुग्नुका साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो। सोही क्रमको निरन्तरतास्वरुप आज शिवम् सिमेन्ट र षड्कोण आर्टसबीच मह अभिनित महापुरुष चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो। 

कार्यक्रममा षड्कोण आर्ट्का तर्फबाट निर्देशक भट्टराईले शिवम् सिमेन्टजस्तो अग्रणी ब्राण्डसंग सहर्काय गरी चलचित्र निर्माण एवं प्रवर्द्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राण्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए। उनले यसरी विभिन्न ब्रान्डहरुले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको उल्लेख गर्दै शिवम् सिमेन्टप्रति आभार व्यक्त गरे। 

शिवम् सिमेन्टले आफूप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रमा जस्तै– शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवं वृक्षरोपण, सरसफाइ, मनोरञ्जनमा विभिन्न कार्यक्रम गर्दै आएको छ। 

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्वालिटीको मामलामा नो कम्प्रोमाइज” जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्टले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ। देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलोपटक ‘एनएस क्वालिटी अवार्ड–२०१९ प्रथम’बाट सम्मानित भएको थियो।

ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यो सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।