काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टले प्रोफेशनल नेटवर्किङ वेबसाइट लिङ्क्डइनलाई २६ अर्ब डलरमा खरीद गर्ने भएको छ । 

माइक्रोसफ्टले स्पष्ट पार्दै भनेको छ कि लिङ्क्डइन छुट्टै ब्राण्डको रुपमा कायम रहनेछ र सो कम्पनीको खास वर्क कल्चर र स्वतन्त्रता समेत रहनेछ । 

लिङ्क्डइन माइक्रोसफ्टले खरीद गरेपछि पनि यसको प्रमुख कार्यकारी अधिकृत हालका जेफ वेयनर नै रहनेछन् र माइक्रोसफ्टका सत्या नडेलादेखि एकतह तल रहेर काम गर्नेछन् । लिङ्क्डइनका अध्यक्ष रीड हाफमेनले समेत कम्पनी माइक्रोसफ्टलाई बिक्री गर्ने सहमति भएको र यसमा आफू खुशी रहेको बताएका छन् । 

माइक्रोसफ्टको तर्फबाट यो नै सबैभन्दा ठूलो कम्पनी खरीद हुन लागेको हो । तर यसअघि पनि माइक्रोसफ्टले १/१ अरब डलर भन्दा केही बढी मूल्यका ८ वटा कम्पनी खरीद गरिसकेको छ । माइक्रोसफ्टले सन् २०११ मा स्काइप र सन् २०१३ मा नोकियालाई खरीद गरेको थियो ।