काठमाण्डौ । पछिल्लो समय लघुवित्त संस्थाहरुमा जागिर खानेका लागि अवसरहरुको लहर छाएको छ । दैनिकजसो विभिन्न लघुवित्त संस्थाहरुले कर्मचारी माग गर्दै सूचना निकाल्न थालेका छन् । यही क्रममा बिहीबार पनि तीनवटा माइक्रोफाइनान्स(लघुवित्त) संस्थाहरुले कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेका छन् । 

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको स्वरोजगार लघुवित्त विकास बैंकले समेत  २१ जना कर्मचारी माग्दै आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

यो लघुवित्त संस्थाले ३ जना सहायक अधिकृत, ४ जना वरिष्ठ केन्द्र प्रबन्धक तथा १४ जना केन्द्र प्रबन्धक मागेको हो । 

स्नातक वा सो सरहेको परीक्षण उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा ५ वर्षको कार्यानुुभव भएकोले सहायक अधिकृतका लागि आवेदन दिनसक्नेछ । यस्तै, प्रवीणता प्रमाणपत्र तहउत्तीर्ण भएको वा एसएलसी वा सो सरहको परीषा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा ५ वर्षको कार्यानुुभव भएकोले वरिष्ठ केन्द्र प्रबन्धक तथा केन्द्र प्रबन्धक पदमा आवेदन दिनसक्ने बताइएको छ । 

यसैगरी, आशा लघुवित्त बित्तीय संस्थाले विभिन्न ७ पदमा कर्मचारी मागेको छ । 

योजना तथा लेखा विभागमा व्यवस्थापकीय अधिकृतको रुपमा काम गर्ने गरी १ जना मागिएको छ । यो पदमा सम्बन्धित बिषयमा स्नातकोत्तर गरी कम्तीमा २ वर्षको बैकिङ अनुुभव भएको वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा बित्तीय संस्थाको अधिकृत स्तरमा कम्तीमा ३ वर्ष अनुुभव हासिल गरेकोले आवेदन दिनसक्नेछन् । 

यस्तै, आन्तरिक लेखा परीक्षण विभागका लागि एकजना अधिकृत मागिएको छ । यो पदमा पनि अघिल्लो पद झै शैक्षिक योग्यता र अनुुभव मागिएको छ । 

विभिन्न विभागहरुमा काम गर्ने गरी ३ जना अधिकृत मागिएको छ । यो पदमा स्नातकोत्तर गरी १ वर्ष बैंक तथा बित्तीय संस्थामा काम गरेको वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा बित्तीय संस्थाको शाखा प्रबन्धक भई ३ वर्ष काम गरेकोलाई प्राथमिकता दिइने बताइएको छ । 

यो लघुवित्त संस्थाले शाखा प्रबन्धकका काम गर्ने गरी केही सहायक अधिकृत, केही सहायक, केही सहायक प्रशिक्षार्थी तथा एकजना कार्यालय सहयोगी पनि मागेको छ । 

शाखा अधिकृतका लागि स्नातक तह उत्तीर्ण गरी कम्तीमा २ वर्ष लघुवित्त संस्थाको जिम्मेवार पदमा रही काम गरेको वा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरी कम्तीमा ३ वर्ष सम्बन्धित क्षेत्रको कार्यानुुभव भएकोले आवेदन दिनसक्ने बताइएको छ । सहायक र सहायक प्रशिक्षार्थीहरुका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्तको बिषयमा राम्रो ज्ञान भएकोले आवेदन दिनसक्नेछन् । कार्यालय सहयोगमिा भने १० कक्षा उत्तीर्ण गर्नेले आवेदन दिनसक्ने बताइएको छ । 

यस्तै, काभ्रेकै धुुलिखेलमा मुख्य कार्यालय रहेको नयाँ नेपाल लघुवित्त विकास बैंकले पनि २ पदमा केही कर्मचारी माग गरेको छ ।

यो माइक्रो फाइनान्सले वरिष्ठ सहायक(सुपरीवेक्षक) र सहायक(फिल्ड सहायक) पदमा केही कर्मचारी मागेको हो । आइए वा सोसरह उत्तीर्ण गरी ग्रामीण विकास सम्बन्धी कम्तीमा १ वर्षको अनुुभव भएको वा एसएलसी उत्तीर्ण गरी बैंकिङ, बित्तीय वा लघुवित्त संस्थामा ३ वर्ष कार्यानुुभव भएको व्यक्तिले वरिष्ठ सहायकका लागि आवेदन दिनसक्ने बताइएको छ । यस्तै, एसएलसी उत्तीर्ण भई ग्रामीण क्षेत्रमा रही काम गर्न अभिरुची भएकोले सहायक स्तरका लागि आवेदन दिनसक्ने बताइएको छ ।