काठमाण्डौ । नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक चौधरी ग्रुपले यसपालिको दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरण, पानीका उपकरण, भुइँसम्बन्धी हेरचाह र लाइटिङमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधता प्रदान गर्दै आएको छ। नेपालमा घरायसी सामग्रीका बजारमा ग्राहकले असाध्यै रुचाएको माइडिया ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दसैँ र तिहारलाई लक्षित गर्दै ‘माइडियाको उत्सव र उमंग, उपहारसँग सबै दंग’ भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत माइडियाको ६, ७ र ८ केजी १०० सिरिजका वासिङ मेसिनको खरिदमा ६ केजी एरिअल प्याक, ८ केजी भन्दामाथिका २०० सिरिजका वासिङ मेसिनको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट), डबल डोर रेफ्रिजेरेटरको खरिदमा आइरन, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजेरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार रहेको छ।
यो ग्राहक योजना भदौ २८ गतेदेखि नेपालभरि सीमित अवधिका लागि लागू गरिएको छ।
माइडिया ब्रान्ड माइडिया ग्रुपअन्तर्गतको घरेलु उपकरण व्यवसायभित्रका १० भन्दा बढी ब्रान्ड मध्ये एक हो। माइडिया गु्रप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो। जुन २०२१ को ग्लोबल फर्च्युन ५०० मा २८८ स्थानमा रहन सफल भयो।
माइडिया ग्रुपको व्यापार घरेलु उपकरणभन्दा बाहिर छ। जसमध्ये एचभीएसी, रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आईओटीका साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टजस्ता व्यापार स्तम्भ पनि समावेश गर्दछ। माइडिया ग्रुपका सबै व्यवसायको एउटै क्रेडो #Humanizing Technology का लागि प्रयासरत छ।
नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरु आफ्नो च्यानल र आउटलेटमार्फत देशभर वितरण गर्दै आएको छ।
34 minutes ago
44 minutes ago
59 minutes ago
1 hour ago
2 hours ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago