काठमाण्डौ । एनएमबि बैंकले माइती नेपालका दिदीबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा माइती नेपालका ५३ जना दिदीबहिनीको उपस्थिति थियो। बैंकको लघुवित्त विभागद्वारा आयोजित कार्यक्रममा उपस्थितहरुलाई उत्प्रेरणा दिँदै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाका विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो।
कार्यक्रममा माइती नेपालका तर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का र कार्यक्रम सञ्चालक युवराज कोइरालाको उपस्थिति थियो। एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल र नवीन पन्थीको उपस्थिति थियो।
गत वर्ष महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी बैंक रहेको बैंकले नारी सशक्तीकरणका लागि विभिन्न समयमा विभिन्न महिला समूहलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आइरहेको छ। माइती नेपालका दिदीबहिनीलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ।
बैंक र माइती नेपाल दुवै संस्थाले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रममा सहकार्य गर्ने भएका छन्।
एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
14 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago