काठमाण्डौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत अन्य ९ वटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरुको आयोजनामा आज(शुक्रबार) बैंक तथा वित्तीय संस्थाविरुद्ध काठमाण्डौमा प्रदर्शन भएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले आफूहरुमाथि ज्यादती गरेको भन्दै उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । 

उनीहरुले माइतीघरमा विरोध प्रदर्शन तथा नाराबाजी पनि गरेका हुन् । अहिले माइतीघरमै कोणसभा समेत चलिरहेको छ । 

जुलुसमा सहभागीले बैंकको ब्याजदर एकल अंकमा सीमित गरिनुपर्ने, सहुलियत कर्जाको सीमा बढाउनुपर्ने, कर्जा सेवा शुल्क ०.२५ प्रतिशत कायम गर्नुपर्ने, उद्योगी व्यवसायीलाई आत्महत्या गर्ने बाध्यताको अन्त लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 

बाँकी फोटोमा: