काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा १२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६.२३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि १.९९ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा कम्पनी विद्युत बिक्रीबाट ३७ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर ३६ करोड ५८ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ३६१७.१३ प्रतिशतले बढेर १२ करोड २६ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ३२ लाख ९९ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.६४ रुपैयाँ, पीई रेसियो ३३.०९ गुणा र प्रतिसेयर नेटवर्थ १०९.८१ रुपैयाँ रहेको छ।
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago