काठमाण्डौ । लगानीकर्ताहरुले उठाएका १९ बुँदे माग पूरा गर्न नेपाल धितोपत्र बोर्डले प्रत्याभूति गरे आमरण अनशन तोड्ने मुडमा तिलक कोइराला पुगेका छन्।
आज धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले अनशनस्थलमै आएर आफूहरु लगानीकर्ताका माग कार्यान्वयन गर्न तयार रहेको र काम पनि गरिरहेको अनशन तोड्न कोइरालालाई आग्रह गरेका थिए। त्यसका लागि आफूहरुले एउटा कार्यान्वयन समिति बनाउन लागेको र त्यसमा लगानीकर्ताका प्रतिनिधि पनि सहभागी गराई हमालले बताएका छन्।
हमालले कोइरालासँग लगानीकर्ताका तर्फबाट समितिमा प्रतिनिधित्व गर्नेहरु नाम पठाउन आग्रह पनि गरेका छन्।
पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला पनि लगानीकर्ताका तर्फबाट प्रतिनिधित्व गर्नेहरुको नाम पठाउन तयारी भएका छन्। उनले आफूहरुले उठाएका माग धितोपत्र बोर्डले कार्यान्वयन गर्ने स्पष्ट प्रत्याभूति प्रदान गर्न सके आफूले जुनसुकै बेला अनशन तोड्ने बताएका छन्।
कोइराला गत असार १ गतेदेखि आमरण अनशनमा बसेका छन्। आज आमरण अनशनको आठौँ दिन हो। धितोपत्र बोर्डबाट आफूहरुले उठाएका मागमध्ये कुन–कुन माग कति दिनभित्र कार्यान्वयन गर्छ भन्ने लिखित प्रत्याभूति गरे आफू अनशन तोड्न तयार रहेको कोइरालाले बताए।
कार्यन्वयन समितिमा धितोपत्र बोर्डका तर्फबाट कायम मुकायम कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र विनयदेव आचार्य रहेका छन्। समितिमा लगानीकर्ताका तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको नाम भने कोइरालाले छनोट गर्नेछन्। त्यसपछि उक्त समितिको बैठक आज बसे तयारी भइरहेको छ। सोही समितिले लगानीकर्ताका मागहरु कार्यान्वयनका लागि अगाडि बढाउनेछ।
10 minutes ago
38 minutes ago
56 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago