काठमाण्डौ । माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।
नेपाल बैंकर्स संघ (एनबीए)को तथ्यांकअनुसार माघ महिना वाणिज्य बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले बढेको हो। योसँगै माघ मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। गत पुस मसान्तसम्म कुल निक्षेप ४७ खर्ब १६ अर्ब रुपैयाँ थियो।
यसैगरी माघमा वाणिज्य बैंकहरुको कर्जा लगानी १२ अर्ब रुपैयाँ बढेको छ।
गत पु्स मसान्तसम्म कुल कर्जा लगानी ४२ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म बढेर ४२ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।
21 minutes ago
35 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago