काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप माघ महिनामा घटेको छ भने कर्जा लगानी बढेको छ।
नेपाल बैंकर्स संघ (एनबीए)का अनुसार गत पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको हो भने कर्जा लगानी बढेको हो।
एनबीएको तथ्यांकअनुसार पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ।
यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी भने गत पुसको तुलनामा माघ महिनामा १२ अर्ब रुपैयाँले बढेको छ। गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म बढेर ४१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ।
8 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago