काठमाण्डौ । अब बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको क्यूआर कोडबाट काठमाण्डौको माछापापोखरी तरकारी तथा फलफूल बजारमा भुक्तानी गर्न सकिने भएको छ। 

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीस्थित तरकारी बजारमा बीओकेको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ। डिजिटल भुक्तानी (क्यूआर कोड) सेवाको आज शुक्रबार एक औपचारिक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलबाट उद्घाटन गरिएको छ। 

उद्घाटन कार्यक्रम कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको थियो। 

उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक कँडेलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तबरले क्यूआर कोड स्क्यान गरी गरेका थिए। कँडेलले डिजिटल तबरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद ज्ञापन गरे। 

कार्यक्रममा बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत पन्तले यस नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडि बढाइरहेको जानकारी गराए। 

कार्यक्रममा श्री कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डूको प्रशंसा तथा धन्यवाद ज्ञापन गरे। 

हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।