काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर भाउ दोस्रो दिन पनि घटेको छ ।
सोमबारबाट दोस्रोबजारमा कारोबार सुरु भएको उक्त कम्पनीको सेयर भाउ पहिलो दिन नकारात्मक सर्किट लागेको थियो भने मंगलबार पनि सोही दरमा घटेको छ ।यो समाचार तयार पार्दाको समय अपरान्ह २ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको सेयर बिक्री अर्डर २ हजार २८० कित्ता रहेको छ भने खरिद अडर ९ हजार ८१५ कित्ता रहेको छ ।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ९६.१४ रुपैयाँदेखि २८८.४२ रुपैयाँ तोकेको थियो। तर कम्पनीको कारोबार भने प्रतिकित्ता २८८.४०रुपैयाँमा पहिलो कारोबार भएको थियो। सामान्यतया कम्पनीको पहिलो कारोबार दिन सेयरभाउ बढ्ने गर्दछ। तर पछिल्लो समय सेयर बजार घट्दो क्रममा रहेकाले पहिलो कारोबारकै दिन पनि कम्पनीको सेयरभाउ घट्ने गरेको छ ।
प्रि-ओपन सेसनमा कारोबार सुरु भएकै दिन पनि विभिन्न कम्पनीहरुको् सेयर भाउ अंकितमूल्य भन्दा पनि तल जान थालेपछि लगानीकर्ताहरुले गुनासो गर्दै आएका थिए । सोही गुनासोलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले पनि सामुहिक लगानी कोषलाई आरक्षणमा पाएको सेयर ६ महिना यता बिक्री गर्न प्रतिबन्ध लगाएको थियो । तर बोर्डको निर्णय कार्यान्वयनमा आएता पनि साना लगानीकर्ताहरु नै आईपीओमा परेको सेयर बिक्री गर्न अग्रसर हुँदा सेयर भाउ घट्ने श्रृंखला उक्त कम्पनीमा पनि लागू भएको छ ।
उनीहरुले कम्पनीको सेयर बिक्री गर्न नपाएता पनि साना लगानीकर्ताहरु पहिलो दिन देखि नै आईपीओ बिक्री गर्न भिड लागेको कारण नकारात्मक सर्किट लागेको हो । यो क्रम मंगलबार पनि जारी छ । यो अवधिसम्ममा कम्पनीको सेयरभाउमा नकारात्मक सर्किट लागेको छ ।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago