काठमाण्डौ । दशकौँदेखि नेदरल्यान्ड्सको दाबी रहँदै आएको छ कि उसको देशका मानिस विश्वमै सबैभन्दा अग्लो कदका छन्। 

नेदरल्यान्ड्सको केन्द्रीय सांख्यिकी ब्युरो (सीबीएस) का अनुसार १९५८ पछि डचका मानिसको कद विश्वकै कुनै पनि अन्य देशका मानिसको तुलनामा अग्लो रहेको छ। तर, हालै गरिएको एउटा सर्वेक्षणले आजका पिढीको कद पहिलेको पिढीको तुलनामा थोरै घटेको छ। पुरुषको औसत कद १ सेन्टिमिटरले र महिलाको औसत कद १.४ सेन्टिमिटरसम्म कम भएको छ। 

मानिसको कद घट्नुमा थुप्रै कारणहरु रहेको सर्वेक्षणले देखाएको छ। यद्यपि विशेषज्ञहरु ती कारणबाट सन्तुष्ट हुन सकेका छैनन्।

सीबीएसका अनुसार कद अग्लो हुने प्रवृत्ति लगभग एक शताब्दीअघिबाट सुरु भएको थियो। सीबीएसले हरेक चार वर्षमा एउटा स्वास्थ्य सर्वेक्षण गर्छ। यो सर्वेक्षणमा मानिसको कदको पनि मापन गरिन्छ।

सर्वेक्षणले सन् २००० पछि जन्मिएका १९ वर्षका पुरुषहरुको कद सन् १९८० मा जन्मिएका सोही उमेर समूहका पुरुषहरुको तुलनामा १ सेन्टिमिटरले र महिलाहरुको कद १.४ सेन्टिमिटरले घटेको छ।    

सन् २०२० सम्म १९ वर्षका डच पुरुषहरुको औसत लम्बाइ १८२.९ सेन्टिमिटर र सोही उमेरका महिलाहरुको लम्बाइ १६९.३ सेन्टिमिटर रहेको थियो।  

सीबीएसले गरेको सर्वेक्षणमा १९ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहका ७ लाख १९ हजार मानिसको लम्बाइ नापिएको थियो। 

डच मानिसको कद घट्नुको मुख्य कारण प्रवासन बढ्नै रहेको सर्वेक्षणको निष्कर्ष रहेको छ। खानपानमा आएको परिवर्तन र आर्थिक संकटले यसमा प्रभाव पारेको सीबीएसले जनाएको छ।

सीबीएसका एक अधिकारीका अनुसार नेदरल्यान्ड्समा प्रवासीहरु बढ्नुले यहाँ मानिसहरुको कद घट्न थालेको हो। ‘किनकि प्रवासीहरु नेदरल्यान्ड्सवासीका तुलनामा होचा हुन्छन्’, ती अधिकारीले भने, ‘जब प्रवासीहरुबाट नेदरल्यान्ड्समा बच्चा जन्मियो तब यसको प्रभाव कद प्रभाव पर्यो।’

सीबीएसले बिना आप्रवासनको इतिहास भएका पुरुषहरु अग्ला हुँदैनन्। जब कि बिना आप्रवासनको इतिहास भएका महिलाहरुको कद घट्न थाल्ने प्रवृत्ति देखिएको छ।

यद्यपि विशेषज्ञहरुले जीवनशैली बदलिनु र शारीरिक विकासका क्रममा युवाहरुले धेरै क्यालोरी लिनुले पनि मानिसहरु कद घट्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुले भनेका छन्, ‘सबै सामाजिक वर्गहरुमा बच्चाहरुको बडी मास इन्डेक्स (बीएमआई) समयका साथ बढेको हुन्छ। यसले मानिस पहिलेजस्तै बढ्दैनन्।’

विशेषज्ञहरुले यदि मानिसको कद घट्नुको कारण खराब जीवनशैली हो भने त्यसको अनुसन्धान हुनुपर्ने बताएका छन्। ‘किनकि यसले आयु घट्ने सम्भावना पनि प्रबल हुन्छ’, उनीहरुले भनेका छन्। 

त्यसो त मानव विकास सूचकांकमा नेदरल्यान्ड्स पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा डेनमार्क रहेको छ। डेनमार्क मानिस पनि अग्ला नै छन्। – एजेन्सी