काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ। कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी रहेको १९ लाख ९२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन पाउँछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्कासन बन्द छिटोमा माघ १७ गते हुनेछ। यो अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएको खण्डमा निष्कासन अवधि माघ २७ गतेसम्म लम्बिनेछ।
माया खोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago