काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ भर्ने आज माघ १७ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले जनाएको छ। 

कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ। कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। 

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन पाउँछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार हिजो सोमबार साँझसम्म यो आईपीओमा ९ लाख ७५ हजार ७०८ आवेदकले १ करोड १२ लाख १९ हजार १३० कित्ता खरिदका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ५.६३ गुणा बढी आवेदन हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।