काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले माया लाउन्ज एन्ड रेस्ट्रोमा आकर्षक छुट पाउने भएका छन्। 

कुमारी बैंक र माया लाउन्ज एन्ड रेस्ट्रोबीच छुट प्रदान सम्झौता भउको हो। डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि यो सहकार्यमार्फत माया लाउन्ज एन्ड रेस्ट्रोका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो। 

बैंकका डेबिट वा क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त रेस्ट्रोको माछापोखरी र मध्यबानेश्वर शाखाबटा खाना र पेय पदार्थ शुल्कमा १० प्रतिशत र विभिन्न भेला वा समारोहमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।