काठमाण्डौ । कार निर्माण क्षेत्रमा अग्रणी कम्पनी मारुती सुुजुुकीले इलेक्ट्रिक एसयूभी कार बजारमा ल्याउने तयारी गरेको छ ।

कम्पनीले यसका लागि ट्रेडमार्क एप्लिकेसन दर्ता गरेको छ । त्यही ट्रेडमार्क एप्लिकेसनका माध्यमबाट यो जानकारी बाहिर आएको हो ।

जानकारका अनुुसार कम्पनीले यो इलेक्ट्रिक एसयूभी कारको अवधारणालाई सन् २०२० को फेब्रुअरीमा आयोजना हुुने अटो एक्स्पोमा प्रस्तुुत गर्न सक्ने बताएका छन् । कम्पनीले यो अवधारणाको नाम ‘फ्युुचर ई’ राखेको छ ।

मारुती ‘फ्युुचर ई’ को अवधारणाका विषयमा अहिले धेरै जानकारी बाहिर आएको छैन । रिपोर्टका अनुुसार यो अवधारणा हालैमात्रै लन्च भएको कम्पनीको माइक्रो एसयूभी एस–प्र्रेसोको इलेक्ट्रिक भर्जन हुुने छैन । यो अवधारणालाई मारुतीको फ्युुचर एसयूभीका रुपमा अगाडि सारिनेछ । तथापि यो कार विशुुद्ध इलेक्ट्रिक मात्रै हुने सम्भावना भने कम रहेको छ । 

टाटा र महिन्द्राजस्ता प्रतिद्वन्द्वी कम्पनीले इलेक्ट्रिक कारका लागि ल्याएका ठूूला योजनाले मारुतीलाई पनि इलेक्ट्रिक कार निर्माण गर्न दबाब परेको छ। यही दबाबलाई कम गर्न कम्पनीले पनि सन् २०२० मा आयोजना हुुने अटो एक्स्पोमार्फत आफ्नो भविष्यको कारका रूपमा ‘फ्युुचर ई’ लाई प्रस्तुुत गर्दैछ ।

अर्कोतर्फ मारुती सुुजुुकीले लामो समयदेखि भारतभरि नै इलेक्ट्रिक बेगनआरको टेस्टिङ गरिरहेको छ । यो इलेक्ट्रिक कार एकपटक फुुल चार्ज भएपछि करिब २०० किलोमिटरसम्म गुुड्न सक्छ । –एजेन्सी