काठमाण्डौ । मारुति सुुजुुकीको नयाँ एसयुुबि जिम्मी चाँडै नै भारतका सडकमा गुुडिरहेको देखिन पाइनेछ । कम्पनीले यो एसयुुबिलाई लञ्च गर्ने सम्पूर्ण तयारी गरिसकेको छ । 

मारुती सुजुकीले यो दमदार एसयुुबिलाई अटो एक्स्पोमा प्रस्तुुत गरेको थियो । जानकारका अनुुसार कम्पनीले यसलाई अप्रिल महिनामा लञ्च गर्न सक्नेछ । तर, भारतमा रहेको लकडाउनका कारण यसको लञ्चलाई टारिएको छ । 

अवस्था सामान्य भएपछि यसलाई कहिले लञ्च गर्ने भनेर फेरि निर्णय गरिनेछ । अन्तर्राष्ट्रिय मार्केटमा जिम्मीका दुईवटा मोडेल उपलब्ध छन् । यसमा स्टायन्डर्ड र सिएरा मोडल समावेश गरिएका छन् । 

स्टायन्डर्ड मोडलमा कम्पनीले ६६०को इञ्जिन उपलब्ध गराएको छ । सिएरा भर्जनमा १.५ लिटर क्षमताको इञ्जिन उपलब्ध गराएको छ ।