काठमाण्डौ । एसयूभी सेगमेन्टको लगातार बढिरहेको मागका बीच मारुती सुजुकीले हरेक ६ महिनामा एउटा नयाँ एसयूभी कार लन्च गर्ने तयारी गरेको छ। कम्पनीले यसरी लन्च गर्ने हरेक गाडीको प्राइस सेगमेन्ट पनि फरक–फरक हुनेछ। 

बिजनेस स्ट्यान्डर्डको रिपोर्टअनुसार कम्पनीले यसरी ६–६ महिनामा नयाँ एसयूभी कार लन्च गर्ने योजनाको सुरुआत सन् २०२१ को मध्यबाट गर्नेछ र सन् २०२३ सम्म हरेक ६ महिनामा एउटा नयाँ एसयूभी कार लन्च गर्नेछ। यसरी सन् २०२३ सम्म कम्पनीले कुल ५ वटा एसयूभी लन्च गर्ने तयारी गरिरहेको बताइएको छ। 

ग्राहकको लगातार परिवर्तन भइरहेको प्राथमिकतालाई ध्यानमा राखेर यो योजनाको तयारी गरिएको कम्पनीले जनाएको छ। जानकारका अनुसार यसरी हरेक ६ महिनामा मारुती सुजुकीले लन्च गर्ने कारको मूल्यमा अधिकतम भारु ५० हजार रुपैयाँसम्म तलमाथि हुन सक्छ। 

यी हुन् ती ५ नयाँ एसयूभी

सबैभन्दा पहिले टोयोटा–सुजुकी पार्टनरसिपमा एउटा मल्टीपर्पज भेइकल (एमपीभी) लन्च गरिनेछ। यसमा ब्याजिङ टोयोटाको हुनेछ। 

त्यसपछि सन् २०२२ को पहिलो ६ महिनामा नयाँ विटारा ब्रेजा लन्च हुनेछ। सन् २०२२ कै दोस्रो ६ महिनाभित्र मिड साइज एसयूभी लन्च हुनेछ, जसले ह्युन्डई क्रेटा र किआ सोनेटलाई टक्कर दिनेछ। 

यही क्रममा टाटा नेक्सनलाई टक्कर दिन एउटा क्रसओभर कारको पनि बिक्री सुरु हुने जानकारहरु बताउँछन्। 

सन् २०२३ मा मारुती सुजुकीले मेड इन इन्डिया जिम्ने कार लन्च गर्न सक्छ। – एजेन्सी