काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीको बिक्रीमा गिरावट आएको छ। 

अप्रिल महिनामा कम्पनीको कार बिक्रीमा ६ प्रतिशतको गिरावट आएको हो। कम्पनीले जारी गरेको रिपार्टका अनुसार अप्रिल महिनामा कम्पनीको कार बिक्री १ लाख ५० हजार ६६१ युनिटले घटेको छ। गत मार्च महिनामा पनि कम्पनीको घरेलु कार बिक्री ७ प्रतिशतले घटेको थियो। 

विशषे गरेर कम्पनीको मिनी कार अल्टो र एस–प्रेसोको बिक्री ३२ प्रतिशत अर्थात १७ हजार १३७ युनिट र २५ हजार ४१ युनिटले घटेको कम्पनीले जनाएको छ। –एजेन्सी