काठमाण्डौ । भारतको सबैभन्दा ठूलो अटो उत्पादक मारुती सुजुकी इन्डिया लिमिटेडले मंगलबार नोभेम्बर २ र २८ तारिखका बीचमा निर्मित कुल ९ हजार २३५ युनिट कार फिर्ता मगाएको छ। फिर्ता मगाइएका कारमा रियाज, ब्रेजा, अर्थिगा, एक्सएल६ र ग्रान्ड बिटारा छन्।
कम्पनीले मंगलबार स्टक एक्सचेन्जमा यो जानकारी दिएको हो। प्रभावित सवारीसाधन मालिकलाई कम्पनीको आधिकारिक वर्कसपद्वारा सम्पर्क गरिने कम्पनीले जनाएको । फल्ट पार्टको रिप्लेसमेन्ट निः शुल्क हुनेछ।
यसअघि मारुती सुजुकीले आफ्ना तीन मोडल वागन आर, सेलेरियो र इग्निसका ९ हजार ९२५ युनिट कार फिर्ता मगाएको थियो। यी मोडेलका कारको पछाडिको ब्रेक एसेम्ब्ली पिनमा खराबी देखिएको थियो।
कम्पनीले फिर्ता मगाइएका ती मोडेलहरुमा अगाडिको पंक्तिको सिट बेल्ट शोल्डर हाइट एडजस्टर एसेम्बलीको चाइल्ड पार्ट्समध्ये एउटामा गडबडी भएको आशंका गरेको छ। कतिपय अवस्थामा यो सिट बेल्ट डिसअसेन्बलीको कारण बन्न सक्छ। कम्पनीले ग्राहकको सुरक्षालाई ध्यानमा राखी र उच्च सतर्कता अपनाउँदै निरीक्षण र प्रतिस्थापनका लागि गाडी फिर्ता बोलाउने निर्णय गरेको जनाएको छ।
गत वर्ष पनि मारुती सुजुकीले भारतीय बजारमा बिक्री भएका १ लाख ८१ हजार ७५४ कार फिर्ता गरेको थियो। यी कारहरु ४ मे २०१८ र २७ अक्टोबर २०२० बीच उत्पादन गरिएको थियो। कम्पनीका अनुसार यी कारको सेफ्टी फिचरमा केही कमजोरी देखिएको थियो। जसमा सियाज, एस–क्रस, भिटारा ब्रेजा, ७ सिटर एर्टिगा र एक्सएल ६ समावेश छन्। –एजेन्सी
18 minutes ago
29 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
1 day ago