काठमाण्डौ । भारतको सबैभन्दा ठूलो अटो निर्माता मारुती सुजुकीले ग्रान्ड भिटाराका ११ हजार १७७ युनिट कार बजारबाट फिर्ता मगाएको छ।
कम्पनी २०२२ अगस्ट ८ देखि नोभेम्बर १५ बीचमा बनाइएको उक्त एसयूभीको पछाडिको सिटको सिट बेल्टमा प्राविधिक त्रुटि देखिएको बजार फिर्ता मगाएको हो। ग्रान्ड भिटारको पछाडिको सिट बेल्टको माउन्टिङ ब्य्राकेटमा त्रुटि भेटिएको कम्पनीले एक्सचेन्ज फाइलिङमा जनाएको छ।
लामो ड्राइभमा सिट बेल्ट खुकुलो हुन्छ। यस्तो दुर्घटनामा यसको काममा समस्या आउन सक्छ। यही कारणले गर्दा कम्पनीले ग्रान्ड भिटाराका ग्राहकलाई यो कमजोरी सच्याउन फिर्ता बोलाएको हो।
मारुती सुजुकी अधिकृत वर्कसपहरुले ग्रान्ड भिटाराका ग्राहकलाई सम्पर्क गरी भाग निःशुल्क प्रतिस्थापन गर्नेछन्।
यो जनवरीमा मारुतीको यो दोस्रो रिकल हो। कम्पनीले यसअघि २०२२ डिसेम्बर ८ देखि २०२३ जनवरी १२ सम्म निर्माण गरिएका १७ हजार ३६२ कार फिर्ता बोलाएको थियो। जसमा अल्टो के१०, एस–प्रेसो, इको, ब्रजा ग्रान्ड विटारा र बलेनो समावेश छन्। ती कारको एयरब्याग कन्ट्रोलरमा समस्या देखिउको थियो। –एजेन्सी
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago