काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार कारोबार सुरु भएको १ घन्टामै बजारमा उछाल आएको छ। 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५९.७१ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २९१६.४७ को विन्दुमा उक्लिएको छ। राम्रा बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.६८ अंकले बढेर ५२३.८० को उचाइमा पुगेको छ। 

अहिले नेप्सेमा सूचीकृतमध्ये २०४ कम्पनीका १ करोड ५ लाख ३९ हजार ७३२ कित्ता सेयर ५ अबै ३८ करोड ३६ लाख ७ हजार ४०४ रुपैयाँमा किनबेच भएको छ। सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४६ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। यो अवधिमा बैंकिङ समूह सर्वाधिक ९५.३३ अंकले उकालो लागेको छ। विकास बैंक समूह पनि ७९.२६ अंकले बढेको छ। वृद्धि भएको छ। जलविद्युत समूह भने सर्वाधिक ४९.९० अंकले घटेको छ। 

अहिलेसम्म २ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा रिडी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

यो अवधिमा जोशी हाइड्रोपावरको सेयरभाउ ९ प्रतिशत बढीले ओरालो लागेको छ।