काठमाण्डौ । सोसल मिडिया प्लेटफर्म र अन्य ठूला टेक कम्पनीहरु अहिले ‘खराब’ चरणबाट गुज्रिरहेका छन्।
यसैबीच मेटा (फेसबुक)सँग सम्बन्धित समाचारले विश्वभर सनसनी मच्चाएको छ। केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले मार्क जुकरबर्गले अर्को वर्ष आफ्नो पदबाट राजीनामा दिने दाबी गरेका छन्। मेटाले यो समाचारको खण्डन गरेको छ।
मार्क जुकरबर्ग फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ हुन्। मेटाका प्रवक्ताले एक ट्विटमा जुकरबर्गको राजीनामाको कुरा गलत भएको दाबी गरेका छन्।
दि लिक्सले सन् २०२३ मा मार्क जुकरबर्गले आफ्नो पदबाट राजीनामा दिने जानकारी दिएको थियो। रिपोर्टमा अज्ञात स्रोतहरुलाई उद्धृत गरिएको छ।
मेटाले केही समयदेखि आम्दानी र विज्ञापनसँग संघर्ष गरिरहेको छ। कम्पनीले हालै ११ हजार कर्मचारीलाई निकालेको थियो। यो जानकारी आफैँ मार्क जुकरबर्गले दिएका थिए।
कम्पनीले लागत बढेको भन्दै कर्मचारी हटाउने कुरा गरेको थियो।
यदि रिपोर्टहरु विश्वास गर्ने हो भने मेटाले बर्खास्त गरेकाहरुलाई ४ महिनाको थप तलब दिइनेछ। ट्विटरले मेटाभन्दा पहिले ठूलो संख्यामा कर्मचारीहरुलाई निकालेको छ।
ट्विटर अधिग्रहण गर्नेबित्तिकै एलन मस्कले सीईओ पराग अग्रवाल, मुख्य वित्त अधिकारी नेड सेगल र नीति प्रमुख विजया गड्डेलगायत धेरैलाई बर्खास्त गरेका थिए।
यसैगरी अमेजन र गुगलका बारेमा यस्तो खबरहरु आइरहेका छन्। चाँडै नै यी दुई कम्पनीले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने जानकारीहरु आइरहेका छन्। –एजेन्सी
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago