काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९० करोड ३४ लाख २८ हजार ७०.१९ रुपैयाँको कुल १३ प्रतिशतले हुन आउने ११ करोड ७४ लाख ४५ हजार ६४९.१३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १२.३५ प्रतिशतले हुन आउने ११ करोड १५ लाख ७३ हजार ३६६.६७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.६५ प्रतिशतले हुन आउने ५८ लाख ७२ हजार २८२.४६ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago