काठमाण्डौ । ब्रान्ड गुगलको चमत्कारिक सफलताको कथा क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट सुरु भएको थियो। गुगलको सुरुआत एउटा कार ग्यारेजबाट गरिएको थियो। जुन आज एउटा ब्रान्डका रुपमा विश्वको सबैभन्दा ठूलो टेक कम्पनी बनेको छ। 

इन्टरनेट सर्च मेसिनबाट सुरु गरिएको गुगल अहिले ई–मेल, फोटो र भिडियो, गुगल म्याप र मोबाइल फोनजस्तो सुविधा दिने अलराउन्ड कम्पनी बनेको छ। यी सबै सेवा निःशुल्क छ। व्यावसायिक कम्पनीबाट प्राप्त हुने विज्ञापनबाट गुगलको कमाइ हुन्छ। 

गुगल सुरुआत जति कथानक छ, त्यति यसका यो कम्पनीका मालिकहरुको कथा पनि उत्तिकै रोचक छ। 

साथी होइन दुस्मन थिए लैरी र सर्जी

सर्जी ब्रिन र लैरी पेस २२–२३ वर्षका थिए। जब उनीहरुको १९९५ मा पहिलोपटक भेट भयो। त्यतिबेला दुवैबीच कुरा मिल्दैन थिए । एक–अर्कालाई देखिसहन्न थिए। हरेक कुरामा दुवैबीच बहस हुन्थ्यो। दुवै एक–अर्कालाई दुस्मनजस्तो व्यवहार गर्थे। पछि दुवैबीच यस्तो मित्रता कायम भएको र विश्वले गुगलजस्तो विशाल सर्च इन्जिन पायो।

समस्या बन्यो मित्रताको कारण

लैरी र सर्जीबीच मित्रता एउटा समस्याका कारण भएको थियो। त्यो समस्या थियो, इन्टरनेट इन्फोर्मेसनको महासागरबाट कसरी खास सूचना निकाल्ने ? अनि दुवै मिलेर बनाएर एउटा सर्च मेसिन । एउटा यस्तो कम्प्युटर, जसको माध्यमबाट प्रयोगकर्ताले केही निश्चित सिद्धान्त र नियमहरुअनुसार कुनै इन्फोर्मेसनबाट ठिक कारण जानकारी निकाल्न सकून्। 

स्ट्याफोर्ड युनिभर्सिटीमा गरियो ट्रायल

सबैभन्दा पहिला सिद्धान्त यो थियो कि हाइपर लिंक गरेर जुन वेबसाइटतिर ईशारा गरिएको हो, त्यो वेबसाइट त्यति नै महत्वपूर्ण हुनुपर्नेछ। प्रयोगकर्ता जुन शब्द, इन्फोर्मेसन वा प्रश्नको जबाज खोज्छन्, त्यो इन्टरनेटमा हुनुपर्छ । वेबसाइटहरुलाई छानेर यस्ता पहेलीहरु लैरी र सर्जीले मिलेर सुल्झाए। दुवै यसको प्रारम्भिक परीक्षण स्ट्यानफोर्ड युनिभर्सिटीमा सुरु गरेर यसका लागि उनीहरुले ११ लाख डलर धनराशि जुटाए।

कार ग्यारेजमा बन्यो गुगल

दुवैले सन् १९९८ सेप्टेम्बर ४ मा गुगल इन्कर्पोरेटेड नामकबाट क्यालिफोनिर्यायको मेनलो पार्कमा रहेको एउटा कार ग्यारेजमा आफ्नो कम्पनी स्थापना गरे र काम सुरु गर्न थाले। केवल २ वर्षमा नै गुगलको नाम सबैको मुखमा झुन्डियो। हाल यो इन्टरनेटको दुनियाँमा आएको २ दशकभन्दा बढी समय भइसकेको छ। यसले सन् २००८ मा आफ्नो पहिलो एक दशक पूरा गरेको थियो। 

कसरी जुर्यो नाम ?

यस्तो मान्यता छ कि १ को पछाडि १०० शून्य लगाउँदा एउटा अनौठो संख्या बन्छ ‘गोगोल’। यी शब्दको अपभ्रंशबाट बन्या गुगल शब्द। जुन आज थिएन भने विश्व नै खल्लो हुने थियो। 

प्रयोगसँगै बढ्न थाल्यो सेयर

इन्टरनेटको प्रयोग जति बढिरहेको छ, गुगलको सेयर पनि त्यति नै चढिरहेको छ। अगस्ट २००४ मा गुगलले जब पहिलोपटक सेयर बजारमा पाइला टेक्यो तब यसको सेयर ८५ डलरमा किनबेच भएको थियो। तीन वर्षपछि २००७ मा यसको सेयरमा उछाल आएर ७४७ डलर पुग्यो। हाल गुगलको सेयरभाउ २६९४ डलरभन्दा माथि छ। गुगलको सेयर अमेरिकी बजारमा नस्डकमा अल्फाबेटको नामबाट लिस्टेड छ। – एजेन्सी