काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको तुलनामा ३७.२५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा भने संस्थाले ३ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ३८.७३ प्रतिशतले घटेर २ करोड ६२ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ४६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।
संस्थाले खुद ब्याज आम्दानीबापत ५ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष ६ करोड ५२ लाख रुपैयाँ थियो। ब्याज आम्दानी १२.२५ प्रतिशतले कम हो।
दोस्रो त्रैमासमा संस्थाले १ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब १२ करोड निक्षेप संकलन गरी १ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
चुक्तापुँजी १७ करोड ४ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार थोरै बढेर १८ करोड २० लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा १६ करोड ८० लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.२९ प्रतिशतमा झरेको छ। गत वर्ष एनपीएल ३.९५ प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५०.८४ रुपैयाँ घटेर २५.५२ रुपैयाँमा झरेको छ। पीई रेसियो ४५.४६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २०६.८१ रुपैयाँ रहेको छ।
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago