काठमाण्डौ । विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक शनिबार निःशुल्क ओपीडी अभियान सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले यो शनिबार विशेष सेवा दिने भएको छ। 

नर्भिक अस्पतालमा अरु बेला २ घन्टामात्र निःशुल्क ओपीडी हुने गरेकोमा आउने शनिबार अर्थात चैत १२ गते भने ४ घन्टा सो सेवा सञ्चालन हुनेछ। 

चैत १२ गते नर्भिकको दुई युरोलोजी टिमले निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ। यो दिन दुईवटा टिमले निःशुल्क सेवा दिनेछ। 

बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा दिनेछ। 

मिर्गाैला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन्। निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ। 

नर्भिकमा हाल सानो प्वाल बनाई मिर्गाैलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मिर्गाैलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधिसमेत उपलब्ध छ। 

यस्तै, दूरबिनका माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्युमरको समेत नर्भिकमा उपचार हुने गरेको छ। 

यसैबीच शनिबार बिहान ११ बजेदेखि १ बजेसम्म युरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ। 

युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ। 

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो टिमले गर्नेछ। शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफरसमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ। 

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ। 

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान केही साताअघिदेखि पुनः सुरु भएको छ।