काठमाण्डौ । सरकारले मिर्गौला रोगीहरुका मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने घोषणा गरेको छ। 

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो। यो व्यवस्थासँगै अब मिर्गौला रोगीहरुको मिर्गौला प्रत्यारोपण निःशुल्क हुने भएको छ। 

यसैगरी बजेटमार्फत सरकारले विपन्न मिर्गौला रोगीहरुलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु. १० करोड विनियोजन गरेको छ।

सरकारले सबै प्रादेशिक अस्पतालहरुमा डायलासिस सेवा उपलब्ध गराउन डायलासिस मेसिन खरिद गर्न २० करोड रुपैयाँ विनियोजन गरेको छ।