काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ। 

प्राप्ति गर्नेसम्बन्धमा दुवै लघुवित्तले सोमबार बिहान समझदारी पत्रमा हस्ताक्षरसमेत गरेका छन्। मिर्मिरेका कम्पनी सचिव तुलसीराम पठाकद्वा जारी सूचनाअनुसार बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ बेमाजिम श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने उद्देश्य राखी आज सम्झौतापत्रमा हस्ताक्षेत्र भएको छ। 

मिर्मिरे नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी हो। यसको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ। 

श्रृजनशील लघुवित्त भने नेप्सेमा सूचीकृत भइसकेको छैन। यसको रजिस्टर्ड कार्यालय सिराहाको गोलबजारमा रहेको छ।