काठमाण्डौ । मिर्मिरे र नेरुडे दुई लघुवित्त वित्तीय संस्था लिमिटेले आज सोमबार आआफ्नो वार्षिक साधारणसभा गर्दैछन् ।
बम्पर लाभांश पारित गर्न मिर्मिरेले आफ्नो नवौँ वार्षिक साधारणसभा काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्ट एन्ड होटेलमा आयोजना गर्दैछ ।
सभामा मुख्य अजेन्डाका रुपमा पेस गरिने गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल ४७.२६ प्रतिशत लाभांश अनुमोदन हुनेछ ।
संस्थाले चुक्तापुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँको ४५ प्रतिशत अर्थात ५ करोड ७९ लाख ५३ हजार ८८० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयरको कर प्रयोजनका लागि संस्थाले २.३६ प्रतिशत अर्थात ३० लाख ५० हजार २०४ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।
बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ ।
सभामा अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका कुनै एक वा एकभन्दा बढी वित्तीय संस्थासँग एक आपसमा गाभ्ने तथा गाभिने वा प्राप्ति गर्न उपयुक्त देखिएमो सोसम्बनधी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।
यसैगरी नेरुडेले पुस २८ गते १३ औँ वार्षिक साधारणसभा उद्योग संगठन विराटनगरमा बोलाएको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश गरी कुल २०.७९ लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
त्यसैगरी सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन तथा मर्जर एक्वीजिसनमा जान, सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बसन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।
18 minutes ago
39 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago