काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखाका कर्मचारीहरुलाई तथ्यांक विश्लेषण गर्न सिकाउने उद्देश्यले एक्सल तालिम दिइएको छ।

क्षेत्रगत रुपमा शाखाका व्यवस्थापक तथा कर्मचारीहरुलाई तथ्यांक विश्लेषण गरी व्यवसाय प्रवर्द्धन गर्न सहज होस भन्ने उद्देश्यले वेबिनारमार्फत भर्चुअल तालिम दिइएको हो। अघिल्लो साता संस्थाको इटहरी क्षेत्रीय कार्यालयअन्तर्गतका शाखा प्रमुखहरुलाई तालिम दिइएको थियो भने यस साता भरतपुर क्षेत्र तथा बनेपा ब्लकअन्तर्गतका शाखा प्रमुखहरुलाई तालिम दिइएको छ।

आगामी साता भने बौनिया क्षेत्रका शाखा प्रमुखहरुलाई तालिम दिइने संस्थाका सूचना प्रविधि विभाग प्रमुख इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए। चालु आर्थिक वर्षको सुरुआतमै संस्थाले यस सबै शाखा प्रमुखहरुलाई व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापनको तालिम दिइसकेको छ।