काठमाण्डौ । कोरोनाभाइरसको संकटलाई ध्यानमा राखेर सन् २०१९ की मिस इंग्ल्यान्ड भाषा मुखर्जीले हाललाई आफ्ना क्राउन उतारेर पहिलेकै चिकित्सा पेसामा फर्किने घोषणा गरेकी छन्।
भारतीय मूलकी भाषा मुखर्जी अहिले ब्रिटिस नागरिक हुन्। उनको बालापन कोलकतामा बितेको थियो। जब उनी ९ वर्षकी थिइन् तब उनको परिवार ब्रिटेन भासिएको थियो।
गत अगस्टमा मिस इंग्लान्डको उपाधि चुमेकी मुखर्जीले आफूविश्वका फरकफरक ठाउँमा मानवीय कार्यमा संलग्न भएको अहिले फेरि आफूले यो मौका मिलेकोले कोरोना रोकथाममा पूर्ण रुपमा लाग्ने घोषणा गरेकी हुन्। मुखर्जी बोस्टनस्थित पिलग्रिम अस्पतालमा जुनियर डाक्टर थिइन्। उनी श्वासप्रशवास रोगकी विशेषज्ञ पनि हुन्।
एक टीभी अन्तर्वार्तामा मुखर्जीले कोरोनाको संक्रमण बढ्दै गएकोले आफू अस्पताल फर्किने निर्णयमा पुगेको बताएकी छन्। ‘यो निर्णय निकै कठिन थियो तर अहिले मेरो उपस्थित अस्पताल हुनु जरुरी छ’, उनले भनेकी छन्।
त्यसो मुखर्जी विदेशबाट ब्रिटेन फर्केकाले १५ दिने क्वारेन्टाइनमा छिन्। क्वारेन्टाइनको अवधि सकिएपछि आफू अस्पतालमा खटिने उनले स्पष्ट पारेकी छन्। – एजेन्सी
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago