काठमाण्डौ । नेपालको अग्रणी स्मार्टफोन र टीभी कम्पनी शाओमीले वर्ल्ड कप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ। 

यस अफरअन्तर्गत ग्राहकले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यू एलईडी टेलिभिजन जित्ने गोल–डेन अवसर प्राप्त गर्न सक्नेछन्।

यसका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘फिफा वर्ल्डकप समस्त फुटबलप्रेमीहरुको लागि एकदमै प्रतिक्षित समय हो। वर्ल्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन्। यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुका लागि गोल–डेन अफर ल्याएका छौँ। उहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोल–डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ।’

यस अफरअन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले रु. २ लाख ९९ हजार ९९९ मूल्यबराबरको ७५ इन्चको मी क्यूएलईडी टेलिभिजन जित्ने मौका पाउनेछन्। त्यस्तै अन्य ग्राहकले दैनिक रुपमा रु. ४५ हजार ९९९ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र इलेक्ट्रिक टुथब्रस पनि जित्न सक्नेछन्। 

लक्की ड्रमा सहभागी हुनका लागि टीभीमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टीभीको सिरियल नम्बर ३१००७ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ। यो अफर मंसिर ४ गतेदेखि पुस ३ गतेसम्म लागू हुनेछ।