काठमाण्डौ । बजार पुँजीकरणको हिसाबले भारतकै सबैभन्दा ठूलो मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) लाई झट्का लागेको छ। 

आज बिहान टाटा ग्रुपका आईटी कम्पनी टाटा कन्सलटेन्सी सर्भिसेस (टीसीएस) ले आरआईएललाई उछिन्दै देशकै सबैभन्दा ठूलो बजार पुँजीकरण भएको कम्पनी बनेको छ। आज बिहान ११ः३० मा टीसीएसको बजार पुँजीकरण भारु १२.४५ लाख करोड पुगेको छ। जब कि आरआईएलका बजार पुँजीकरण भारु १२.४१ लाख करोड रुपैयाँ रहेको छ। 

आज बिहान आरआईएलको सेयरमूल्यमा गिरावट आएर भारु १ हजार ९५७ मा झरेको थियो। जहाँ टीसीएसको सेयरमूल्य भारु ३ हजार ३१८ रहेको छ। 

आज बिहान भारत स्टक एक्सचेन्जमा आरआईएलका सेयरमूल्यमा ४.५२ प्रतिशतले घटेर कारोबार भइरहेको थियो। त्यहीँ टीसीएसको सेयरमूल्य ०.५३ प्रतिशतले बढेको थियो।