काठमाण्डौ । छिमेकी मुलुक भारतका व्यवसायी मुकेश अम्बानी विश्वका धनाढ्यमध्ये एक हुन्। रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्धक निर्देशन अम्बानीले व्यवासयका विभिन्न क्षेत्रमा सफलता हात पारेका छन्। उनको व्यवसायको क्षेत्र भारतमा मात्रै नभई अन्य देशहरुसम्म विस्तार भएको छ। 

मुकेश अम्बानीको सफलतालाई पछ्याउँदै उनीजस्तै बन्ने सपना बोकेका उनका देशका र बाँकी विश्वका थुप्रै मानिस छन्। तर आज उनले हासिल गरेको यो सफलताको पछाडि उनले गरेका संघर्षहरुबारे भने कमैलाई मात्रै थाहा होला। उनको सफलतको कथा कुनै चलचित्रको कथा वा परीको कथाभन्दा कम छैन। 

कुनै समय एउटै कोठामा ९ जना सँगसँगै बस्ने गरेका र बाल्यकालमा सजायस्वरुप ग्यारेजमा काम गर्न पठाइएका एक व्यक्ति कसरी विश्वको धनाढ्यको रुपमा उदाए ? यसपछाडिका कहानीहरु जोकाहीलाई पनि रोमाञ्चित पार्ने खालको छ। 

विलासी गाडी, बंगाल र निजी सुरक्षाको घेराको पडाडि, आफ्नो बुवा गौरवान्भित बनाउने उद्देश्य बाकेको एउटा साह्रै लजालु र आत्मकेन्द्रित व्यक्तिको कहानी लुकेको छ। 

सन् २०१२ मा सिमी अग्रवाललाई दिएको आफ्नो पहिलो अन्तर्वार्तामा मुकेश अम्बानीले धनाढ्य हुनुअघिको आफ्नो जीवनका कथाहरु सुनाएका थिए। 

रिलायन्सको सुरुआत 

रिलायन्स इन्डस्ट्रिजको अभूतपूर्व सफलताका पछाडि मुकेशका बुवा धिरुभाई अम्बानीको एकदमै ठूलो हात रहेको छ। धिरुभाईले एउटा टेलब, कुर्सी र फोनबाट सुरु गरेको कम्पनीलाई मुकेश अम्बानीले अर्बौंको व्यवसायमा बदलेका छन्। 

अन्तर्वार्तामा मुकेश अम्बानीले आफू स्कुलबाट घर फर्किंदा घन्टौँसम्म बुुवासँग रहने गरेको र बुुवाले गरेको बिजनेस डिलहरुलाई नियाल्ने गरेको बताएका छन्। उनी आफ्नो सफलताको श्रेय आफ्ना बुवालाई दिन्छन् र आफू सधैँ आफ्नो लक्ष्य प्राप्तिमा केन्द्रित रहने गरेको बताउँछन्। 

गरिबी जीवन

मुकेशसँग अहिले विश्वकै सबैभन्दा महँगो घर, विलासी गाडी, निजी विमान वा अर्बौंको सम्पत्ति भए पनि कुनै बेला यस्तो थियो कि उनी एउटै कोठामा ९ जनासँग बस्ने गर्दथे। उनले अन्तर्वार्तामा आफू, बुवा, आमा र दिदीभाइहरुसँग एउटामात्रै कोठा भएको फ्ल्याटमा हुर्केको र यो आफ्ना लागि स्मरणीय क्षण रहेको बताएका छन्। 

बुवाको रिस

धिरुभाई भारतमा सबैले रुचाइएका पात्र भए पनि मुकेशले आफ्ना बुवाको रिस धेरै नै भएको बताएका छन्। अन्तर्वार्तामा मुकेश बाल्यकालमा आफू र भाइ अनिलले बुवाको रिसका कारण कडा सजाय भोगेको स्मरण गरेका छन्। त्यतिबेला उनको घरमा पाहुनाहरु आएका थिए। पाहुनालाई बनाएको सबै खानेकुरा अम्बानी दाजुुभाइले खाइदिए र सोफामा उफ्रन थाले। त्यतिबेला त उनका बुवाले हासेर यो कुरालाई टारे। तर भोलिपल्ट यो बदमासीका लागि दाजुुभाइलाई पानी र रोटी दिएर ग्याजेरमा काम गर्न पठाएका थिए। त्यतिबेला मुकेश केवल १० वर्षका थिए। बुवाको यस्तो सजायबाट आफूहरुले पाठ सिकेको र त्यसपछि यस्तो व्यवहार नदोहोर्याएको मुकेशले बताए।

मुकेशका बुवाको रिसाउने बानी पछि विस्तारै कम हुँदै गयो। समयको अन्तरालसँगै बुवा र छोराबीचको सम्बन्ध बलियो बन्दै गयो। यसैबीच मुकेश बुवाको पहिलो हर्ट अट्याकको प्रत्यक्षदर्शी बन्न पुुगे। सन् १९६८६ फेबु्रअरी महिनामा क्रिकेट म्याच हेरिरहेका बेला धिरुभाइले मुकेशलाई शरीरको पछाडिको भाग दुखेको बताए। अचानक उनी बेहोस भए र उनलाई अस्पताल पुर्याइयो। अस्पतालमा होस खुलेपछि बुवाले आफूलाई धैर्य राख्न र सबै कुरा ठिक हुने बताएको मुकेश बताउँछन्। 

धिरुभाइलाई सन् २००२ मा फेरी हर्ट अट्याक आयो र उनको निधन भयो।   

सन् २००२ मा धीरुभाइको निधनपछि रिलायन्सको विरासतलाई लिएर मुकेश र अनिल अम्बानीबीच थुप्रै वर्ष विवाद चल्यो। लामो समयका विवादपछि आमा कोकिलाले हस्तक्षेप गर्दै कम्पनीलाई दुुई हिस्सामा भागबन्डा गरिदिइन्। जसमध्ये मुकेशको भागमा रिलायन्स इन्डस्ट्रिजको कारोबार सम्हाल्ने जिम्मेवारी पर्यो भने अनिलको भागमा कम्युनिकेसन, पावर र फाइनेन्सियल बिजनेस सम्हाल्ने जिम्मेवारी पर्यो। 

अहिले मुकेशले त्यही कम्पनीलाई अर्बौं डलरको व्यवसाय भएको कम्पनीमा रुपान्तरण गरेका छन्। – साउथ चाइना मर्निङ पोस्टबाट