काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिजा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन सिद्धार्थ गु्रप अफ बिजनेश हस्पिटालिटीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। 

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकले सिद्धार्थ गु्रपबाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था पनि गरिएको छ। 
सिद्धार्थ ग्रुपका देशभर विभिन्न स्थानमा २१ वटा होटल, रिर्सोट तथा रेष्टुरेन्ट सञ्चालित छन्।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकका एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ।