काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडको क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ। 

गोपिगंज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइना नै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्ने बैंकले जनाएको छ। 

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडाबापतको रकम रिक्सामा भएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।  क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत गर्नु भएको थियो। 

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्माजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ।