काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्था तथा व्यक्तिलाई सहयोग गर्दै आएको छ। 

यही भदौ महिनामा मात्र बैंकले ५ विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यहरुमा सहयोग गरेको छ। बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी “फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी” लागि ५० हजार रुपैयाा मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको छ। 

यसैगरी कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राही बस्ने प्रतीक्षालयहरुमा आराम कुर्र्सीहरुको अभाव भएको हँुदा बैंकले ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्यालय—कास्कीलाई हस्तान्तरण गरेको छ। यसका साथै बैंकले बालबालिकाको शिक्षामा टेवा पुर्याउनका लागि रेस्ट फाउन्डेसनअन्तर्गत हेरचाह गरिएका आर्थिकस्थिति कमजोर भएका बालबालिका लागि चाहिने किताबको दराजको निर्माण गर्ने उद्देश्यले ४० हजार रुपैयाँ सहयोग गरेको छ। 

यसैगरी बैंकले भैँसेपाटीस्थित प्रगती युवा क्लबद्वारा आयोजना भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ। उक्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भए पनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ। 

यसैगरी बैंकले आर्थिकस्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकाश बरालको मिर्गौला प्रत्यारोपणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ। 

मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगहरुबाट सेवा क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ। यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।