काठमाण्डौ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा एसएमई फाइनान्स फोरमद्वारा आयोजना गरेको र G20's Global Partnership for Financial Inclusion (GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा साना तथा लघुवित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ। सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरिका विभिन्न संघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए। 

साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पुर्याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई "SME Financier of The Year- Asia'' विधामा सम्मानित भएको हो । यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नका लािग उत्साहित बनाएको छ । बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो।

यसका साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।