काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा स्ुविधा भएको मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ।

ग्राहकले मात्र रु. १० हजारको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्नेछन्। यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गरिने बैंकले जनाएको छ। 

यसका साथै पहिलो वर्षका लागि निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ। यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्थमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।