काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन विभिन्न व्यावसायिक संस्थाहरुसँग सम्झौता गरेको छ। 

मुक्तिनाथ विकास बैंकले वीरगन्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल वीरगन्ज प्रालिसँग र काठमाण्डौमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरीसँग व्यावसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको हो। 

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सल्टेसन्सजस्ता प्रक्रियाहरुमा १५%सम्म छुट प्राप्त गर्न सक्नेछन्। 

यसका साथै देव कर्नरमा पनि सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले विभिन्न सेवामा ३०%सम्म छुटको फाइदा लिन सक्नेछन्। 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।