काठमाण्डौ । मुक्तिनाथ क्यापिटलले आफ्ना सेयरधनीहरुलाई आज साउन १ गतेबाट सतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।

मुक्तिनाथ क्यापिटलले आज एक सूचना प्रकाशित गर्दै सेयरधनीहरुलाई १ः१ अनुपात अर्थात १ सेयरबराबर नयाँ १ सेयर बिक्री खुला गरिएको जानकारी गराएको हो। 

कम्पनीले १०० अंकित दरका कुल २० लाख २५ हजार कित्ता हकप्रद बिक्री खुला गरेको छ। यो हकप्रदमा भदौ ५ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। 

लगानीकर्ताले हकप्रद खरिदका लागि मुक्तिनाथ क्यापिटलको केन्द्रीय कार्यालयमा पुगेर खरिद आवेदन दिनुपर्नेछ।