काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ।

यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतिमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ। 

त्यस्तै व्यक्तिगत मुद्दति खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतिमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ। यसका साथै थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नसकिने छ। 

यो योजनाबाट ग्राहकलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ। 

यसका साथै बैंकले डिजिटल कारोबारला प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।