काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन बसुन्धराको ‘द डालो रेस्ट्रो’ रेस्टुरेन्टसँग फुड एन्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले ‘द डालो रेस्ट्रो’मा फुड एन्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।
20 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago