काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाभित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि ठूलो संख्यामा इन्ट्री लेभलका कर्मचारीहरु माग गरेको छ ।

बैंकले एकैपटक १३५ जना कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र असिस्टेन्ट टु सुपरभाइजर पदमा फ्रेस कर्मचारी माग गरेको छ ।

बैंकले सबैभन्दा बढी ट्रेनी असिस्टेन्ट पदमा ८० जनाका लागि दरखास्त आह्वान गरेको छ । त्यस्तै म्यानेजमेन्ट ट्रेनी २५ जना र असिस्टेन्ट टु सुपरभाइजर (स्मल एन्ड माइक्रो बैंकिङ) का लागि ३० जना कर्मचारी माग गरेको छ ।

ट्रेनी असिस्टेन्ट पदका लागि कम्तीमा पनि व्यवस्थापन संकायमा प्लस टु गरी २५ वर्ष ननाघेको हुनुपर्ने छ । त्यस्तै म्यानेजमेन्ट ट्रेनीका लागि कम्तीमा व्यवस्थापन संकाय वा अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरी ३० वर्ष ननाघेको र असिस्टेन्ट टु सुपरभाइजर पदका लागि व्यवस्थापन संकाय वा अर्थशास्त्रमा कम्तीमा प्लस टु गरी वा प्रमाणपत्र तह उत्तीर्ण गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

बैंकले भर्खरै आवश्यक तहको पढाइ सकेका र स्थानीयलाई प्राथमिकता दिइने जनाएको छ । इच्छुक उम्मेदवारले यही जनवरी २२ तारिख बैंकको www.merojob.com/muktinathbank मा अनलाइन आवेदन दिनुपर्नेछ ।

थप जानकारीका लागि तल हेर्नुहोस् –