काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखी र कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आफ्नो वेबसाइटबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिनसक्ने साथै कर्जा स्वीकृतिका लागि आवश्यक पर्ने कागजात समेत अनलाइनमार्फत नै ग्राहकहरुले प्रस्तुत गर्नसक्ने सुविधा उपलब्ध गराएको हो । 

यस प्रणालीमार्फत ग्राहकले आफूलाई सहज पर्ने कुनै पनि शाखा अनलाइन नै छनौट गरी कर्जा आवेदन दिन सकिने साथै, सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिनभित्र नै कर्जा स्वीकृति गरिनेछ ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहक वर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीको प्रोत्साहन गर्न बैंकको ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।