काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण केलाउँदा यो कम्पनीले अधिकांश वित्तीय सूचकमा खराब प्रदर्शन गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ३ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीलाई ३ करोड ८४ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।
कम्पनीले खुद ब्याज आम्दानीबापत ८ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिसम्म १२ करोड रुपैयाँ रहेको थियो।
दोस्रो त्रैमासमा कम्पनीले ६ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६ अर्ब ६७ करोड निक्षेप संकलन गरी ५ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार थोरै घटेर २० करोड १० लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा २२ करोड १८ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.८९ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ३.१९ प्रतिशत थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.३१ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस ५.४१ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १२१.१७ रुपैयाँ रहेको छ।
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago